२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

मेरो अभिव्यक्ति व्यक्तिगत रूपमा कसैप्रति लक्षित छैन : मन्त्री यादव

'आगामी दिनमा सचेत रहनेछु'

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफूले कसैप्रति हिंसाको प्रयोग गर्नेगरी अभिव्यक्ति नदिएको बताएकी छिन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री यादवले आफूले कसैलाई उत्तेजित पार्ने अभिव्यक्ति नदिएको बताएकी हुन् ।

मेरो अभिव्यक्ति व्यक्तिगत रूपमा कसैप्रति लक्षित छैन : मन्त्री यादव

माघ ५ गते रौतहटको गौरमा बलिदानी दिवसका अवसरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति लक्षित गर्दै मन्त्री यादवले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि नागरिक समूह, विभिन्न राजनीतिक दलले यादवको अभिव्यक्तिको विरोध गर्दै आएका छन् । हिंसा भड्काउने अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रहसमेत गरिएको छ ।

मन्त्री यादवले आफ्नो अभिव्यक्तिको अपव्याख्या गरिएको दाबी गर्दै भनेकी छिन्, 'हाम्रो पार्टीको भातृसंगठन 'समाजवादी यूवा संघ' ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसै प्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधिरप्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसै कसैले पूर्वाग्रहपूर्ण ढंगले आ-आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।'

उनले अगाडि भनेकी छिन्, 'मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो मनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । साथै, उक्त वक्तव्यलाई अतिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछु ।'

आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएको भए दुःख व्यक्त गरेको मन्त्री यादवले बताएकी छिन् । 'साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछु,' उनले भनेकी छिन् ।

प्रकाशित : माघ १०, २०७८ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?