कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

संवाद र सहमतिबाट संसद् खुलाइनेछ : प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने बताएका छन् । उनले संसद् सुचारु भएपछि सबै दलहरूसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयहरूलाई निष्कर्षमा पुर्‍याउने बताए । 

संवाद र सहमतिबाट संसद् खुलाइनेछ : प्रधानमन्त्री देउवा

शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारमाथि एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व रहेको बताउँदै निर्वाचनको पूर्वतयारीका आवश्यक कामहरू सम्पन्न गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन, कानुनी राज्य, सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिने तथा विभिन्न पक्षसँगको सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्या समाधान गर्ने, संघीयता कार्यान्वयन गर्ने एवम् प्रदेश र स्थानीय सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

प्रकाशित : माघ ७, २०७८ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?