कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

क्रमबद्ध निर्वाचन गर्नुको विकल्प छैन : पौडेल

काठमाडौँ — कांग्रेस नेता प्रदीप पौडेलले संवैधानिक व्यवस्था अनुरुप क्रमबद्ध निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको बताएका छन् । नेता पौडेलले सामाजिक सञ्जालमार्फत संविधानको कार्यान्वयन, अहिलेको व्यवस्थाको संस्थागत विकास र उपलब्धिको रक्षा गर्नु कांग्रेसको जिम्मेवारी भएको बताएका छन् ।

क्रमबद्ध निर्वाचन गर्नुको विकल्प छैन : पौडेल

हाल पाँचदलीय सत्ता गठबन्धनमा स्थानीय चुनावलाई छ महिना पछि सारेर संघीय निर्वाचन पहिले गर्नुपर्ने विषय छलफलमा छ । यस्तोमा नेता पौडेलले निर्वाचनसम्बन्धी संविधानले व्यवस्था गरेको क्रमबद्धता भंग गर्न नमिल्ने बताएका हुन् ।

‘स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्थाअनुरुप हुनुपर्छ, जुन व्यवस्था ल्याउन र जोगाउन लामो संघर्ष चलिरहेको छ,’ पौडेलले भनेका छन्, ‘त्यो उपलब्धिलाई रक्षा गर्नु, संस्थागत विकास गर्नु कांग्रेसको जिम्मेवारी हो ।’

प्रकाशित : माघ ७, २०७८ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?