३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

काठमाडौँ — सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपराह्न ४ बजे समितिको बैठक बस्न लागेको हो । आगामी निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

अहिले स्थानीय चुनाव र संघीय संसदको चुनावका विषयमा बहस भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमै स्थानीय तहको चुनाव गर्नुपर्ने पक्षमा छन् । तर, सत्तारुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पहिले संसदीय चुनाव गर्नुपर्ने पक्षमा छन् ।

यसबारे बिहीबार साँझ प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । तीनै नेताको सहमति पछि शुक्रबार अपराह्न उच्चस्तरीय समन्वय समितिको बैठक बोलाइएको जनाइएको छ ।

समितिको बैठकमा चुनावको मिति र कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित : माघ ७, २०७८ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?