लोकसेवाका लिखित परीक्षा स्थगन

काठमाडौँ — लोकसेवा आयोगले माघ ११ गतेदेखि मसान्तसम्म हुने सबै किसिमका लिखित परीक्षा स्थगित गरेको छ । आयोगकको बिहीबार बसेको बैठकले माघ मसान्तसम्म आयोगबाट हुने पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगत गर्ने निर्णय गरेको हो ।

लोकसेवाका लिखित परीक्षा स्थगन

फागुन १ गतदेखि सञ्चालन हुने लिखित परीक्षाका कार्यक्रम ७ दिनको पूर्वसूचना दिई पुनः तालिकीकरण गरेर परीक्षा सञ्चालन गर्ने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

बैठकले लिखित परीक्षा बाहेकका आयोगका अन्य पूर्वनिर्धारित कार्यहरु यथावत रुपमा सञ्चालन गर्ने उपसचिव एकनारायण शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित : माघ ६, २०७८ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?