कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोरोना संक्रमण बढेका कारण त्रिविका सबै परीक्षा स्थगित

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका र संचालन हुने परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण बढेका कारण त्रिविका सबै परीक्षा स्थगित

त्रिविले एक सूचना प्रकाशित गर्दै ओमिक्रोन भेरिएन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापकसमेत संक्रमित भएकाले परीक्षा स्थगित गर्नु परेको जनाएको छ । त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको बिहीबारको बैठकबाट हाल वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

यस्तै काठमाडौं विश्वविद्यालयले पनि महामारीकै कारण सबै परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानिटाइजर एथेस्ट मात्रामा भए नभएको अनुगमन गर्न बिहीबार नै निर्देशन दिएका थिए । उनले परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशनसमेत दिएको उनको सचिवालयले जनाएको थियो ।

प्रकाशित : माघ ६, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?