पत्रकार एलबी विश्वकर्माको निधन


काठमाडौँ — पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।



विश्वकर्माको बिहीबार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्युको कारणबारे यकिन जानकारी आइसकेको छैन ।
अछाम रामारोशन घर भइ काठमाडौंका विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका उनी पछिल्लो समय टिभी टुडे टेलिभिजनमा कार्यरत थिए ।
प्रकाशित : माघ ६, २०७८ १०:२९