२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

पीसीआर परीक्षण शुल्कमा समायोजन : सरकारी प्रयोगशालामा ८ सय र निजीमा १५ सय रुपैयाँ

काठमाडौँ — सरकारले कोरोना भाइरसको परीक्षणको शुल्क समायोजन गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पीसीआर परीक्षणको शुल्क समायोजन गरिएको बताए ।

पीसीआर परीक्षण शुल्कमा समायोजन : सरकारी प्रयोगशालामा ८ सय र निजीमा १५ सय रुपैयाँ

अब सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ तिनुपर्नेछ । यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार रुपैयाँ लाग्थ्यो ।

त्यस्तै अब निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार ५ सय रुपैयाँ लाग्ने सहप्रवक्ता अधिकारीले जानकारी दिए । यसअघि निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २ हजार रुपैयाँ लिने गरिन्थ्यो ।

प्रकाशित : माघ ५, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?