नेपालमा एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार १७ हजार ८७२ जनामा पीसीआर परीक्षण ८ हजार ७३० र ४ हजार ९५६ जनामा एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण देखिएको हो ।

नेपालमा एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि

२४ घण्टामा ५६२ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ ।

त्यस्तै २४ घण्टायता १ संक्रमितको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले खोप लगाएका छन् ।



प्रकाशित : माघ ४, २०७८ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?