सर्वोच्चका ३५ कर्मचारीलाई कोरोना संक्रमण, सेवा कटौतीका लागि पूर्ण बैठक बोलाइयो

काठमाडौँ — कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि सर्वोच्च अदालतको पूर्ण बैठकका लागि पत्राचार गरिएको छ । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले अदालतका ३५ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको जानकारी दिए । यस्तै, अन्य ३०भन्दा बढी कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएको, स्वाब परीक्षण गराएर घरमा बसेको उनले बताए ।

सर्वोच्चका ३५ कर्मचारीलाई कोरोना संक्रमण, सेवा कटौतीका लागि पूर्ण बैठक बोलाइयो

संक्रमण तीव्र रुपमा फैलिएपछि मंगलबार दिउँसो पूर्ण बैठक बस्ने तयारी भएको छ । फूल कोर्ट बस्नका लागि सबै न्यायाधीशहरुलाई पत्राचार भएको उनले जानकारी दिए ।

बैठक सेवा कटौतीको विषयमा केन्द्रित हुने प्रवक्ता ढकालले बताए । न्यायाधीशहरुको विरोधका कारण फूल कोर्ट बैठकमा प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित हुने छैनन् । न्यायाधीशहरूको बैठक बसेर निर्णय गरेपछि अन्तिममा जबराले हस्ताक्षर गर्नेछन् ।

प्रकाशित : माघ ४, २०७८ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?