कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

काठमाडौँ — मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलहरुको ' उच्चस्तरीय राजनीतिक  समन्वय समिति'को बैठक जारी छ ।

बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित छन् ।

बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, राष्ट्रिय सभाको निर्वाचन, स्थानीय तहको निर्वाचनको मिति तोक्नेलगायतका विषयमा छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भएपछि समितिको बैठक बसेको थिएन । दाहाल संक्रमणमुक्त भएपछि बैठक बोलाइएको हो । नेपाल संक्रमणमुक्त नभएकाले उपमहासचिव गंगालाल तुलाधर बैठकमा सहभागी छन् ।

प्रकाशित : माघ ४, २०७८ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?