२५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम स्थगित गर्न एमालेको सर्कुलर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम स्थगित गर्न एमालेको सर्कुलर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)ले २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रमहरू स्थगित गर्न आन्तरिक सर्कुलर जारी गरेको छ ।

सोमबार सर्कुलर जारी गरी एमालेले कोभिड-१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गरेको हो ।

यसका साथै, सबै कमिटी, नेता-कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्नसमेत एमालेले निर्देशन दिएको छ ।

प्रकाशित : माघ ३, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमण बढेपछि गोकुलगंगा गाउँपालिका बन्द

टीकाप्रसाद भट्ट

रामेछाप — कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि रामेछापको गोकुलगंगा गाउँपालिकाले ५ दिनका लागि गाउँपालिका कार्यालय बन्द गरेको छ ।

सोमबार पालिकाकी उपप्रमुख राधिका नेवारले सूचना प्रकाशित गरी माघ ३ गते देखि ७ गतेसम्म गाउँपालिकाबाट सम्पादन हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने जानकारी दिएकी छन् ।

पालिकामा रहेका जनप्रतिनिधि र कर्मचारीसमेतलाई कोरोना संक्रमण बढेको नेवारले सूचनामा उल्लेख गरेकी छन् । रामेछापमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि गोकुलगंगा गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।

नेकपा एमालेको जिल्ला अधिवेशनबाट फर्किएका अधिकांश प्रतिनिधिहरू रुघा, खोकी र ज्वरोको संक्रमणबाट ग्रस्त भएपछि जिल्लामा कोभिड १९ को परीक्षण पनि तीव्र पारिएको छ ।

परिक्षण गराएका अधिकांश व्यक्तिहरूको रिपोर्ट पोजिटिभ देखिएको छ । जिल्लामा सक्रिय कोरोना पोजिटिभको संख्या ८८ रहेको छ ।

प्रकाशित : माघ ३, २०७८ १६:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×