१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नेपालले अफगानिस्तानमा पठायो सहयोग सामग्री

काठमाडौँ — ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई नेपाल सरकारले आइतबार सहयोग सामग्री पठाएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा मानवीय सहायता सामग्रीसहितको जहाज काबुलका लागि उडेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालले अफगानिस्तानमा पठायो सहयोग सामग्री

आइतबार बिहान औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित १० टनको सामग्री लिएर नेपाली टोली हवाइजहाजमा अफगानिस्तानको काबुल प्रस्थान गरेको परराष्ट्रमन्त्री नारायण खड्काले बताए ।

नेपाली टोली काबुल अन्तराष्ट्रिय विमानस्थलमै राष्ट्रसंघीय टोलीलाई सामग्री हस्तान्तरण गरेर फर्कने बताइएको छ ।

गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको रिपोर्टहरू सार्वजनिक भएको छ । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम(डब्लूएफपी)ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ ।

त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ । वर्तमान खाद्य संकटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २२० मिलियन अमेरिकी डलर चाहिने पनि डब्लूएफपीले जनाएको छ । तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृत्यु हुन सक्ने डब्लूएफपीको चेतावनी छ ।

प्रकाशित : माघ २, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?