फागुन १६ भित्र एनआरएनएको निर्वाचन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आगामी फागुन १६ गते (फेब्रुअरी २८) भित्र एनआरएनको निर्वाचन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

फागुन १६ भित्र एनआरएनएको निर्वाचन गर्न उच्चस्तरीय समिति गठन

एनआरएनको परिषद् सदस्यको विवाद लिएर निर्वाचन हुन नसकेपछि एनआरएनको ८१ औं केन्द्रीय बैठकले शनिबार संरक्षक शेष घलेको संयोजकत्वमा समिति बनाएको प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए । उनका अनुसार समिति सदस्यहरुमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र अध्यक्ष कुमार पन्त रहेका छन् ।

‘समितिलाई निस्पक्ष ढंगले संघको दसौं महाधिवेशन तथा आईसीसी निर्वाचनसम्बन्धी काम सम्पन्न गर्न जिम्मेवारी दिइएको छ’, प्रवक्ता क्षेत्रीले भने । समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावलीअन्तर्गत रहेर २६ जनवरीसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्‌का अध्यक्षमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने छ ।

समितिले आवश्यक ठानेमा कानुनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु गठन गर्न सक्नेछ । एनआरएनको महाधिवेशन गत अक्टोबरमा नै तोकिएको थियो ।

१० औं महाधिवेशनको लागि बद्री केसी, रविना थापा र कुल आर्चायले नेतृत्वको लागि दाबी गरेका छन् ।

प्रकाशित : माघ १, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?