१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्रधानमन्त्रीको ‘खोप, खोप र खोप’ को प्रतिबद्धता कार्यान्वयन भएन : एमाले

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले प्रतिबद्धता जनाएअनुसार कोभिडविरुद्वको खोप लगाउन नसकेको बताएको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङ नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या विभागले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारबारे ध्यानाकर्षण–पत्र बुझाउँदै सरकारले प्रतिबद्धताअनुसार खोप कार्यक्रम सञ्चालन गर्न नसकेको बताएको हो ।

प्रधानमन्त्रीको ‘खोप, खोप र खोप’ को प्रतिबद्धता कार्यान्वयन भएन : एमाले

‘प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएको ‘खोप, खोप र खोप’ प्रतिबद्धताअनुसार खोप लगाउन सकिएको छैन,’ एमालेले भनेको छ, ‘खोपको प्रयाप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न पाएका छैनन् । पहिलो र दोस्रो खोप लगाएकाहरूलाई अबिलम्ब बुस्टर खोप उपलब्ध गराउनुपर्ने हो, त्यो पनि हुन सकेको छैन । सरकारले जनशक्तिलाई प्रेरणा हुने खालका कार्यक्रमहरु ल्याएको छैन ।’

एमालेले वर्तमान सरकारले काभिड–१९ को महामारी नियन्त्रणमा ११ कमजोरी गरेको आरोप लगाएको छ । एमालेले नेपाल भारत सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा टेस्टिङ र होल्डिङ सेन्टरको व्यवस्था नभएको, विमितहरूको रकम उपलब्ध नभएको, टेस्टिन र ट्रेसिङ कार्यमा वृद्धि नभएको, औषधि, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको, राजनीतिक दल तथा तीनै तहका सरकारका बीचमा प्रभावकारी समन्वय नभएको, कूटनीतिक पहल अत्यन्तै कमजोर रहेको, अध्ययन र अनुसन्धानमा कुनै पहल नभएको लगायत कमजोरी औंल्याएको छ ।

प्रकाशित : माघ १, २०७८ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?