कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तनहुँ जिप दुर्घटना : नौ महिने शिशुसहित ६ जनाको मृत्यु, ८ जना घाइते 

सम्झना रसाइली

तनहुँ — तनहुँको बन्दिपुर गाउँपालिका- ६ धरमपानीमा जिप दुर्घटना हुँदा नौ महिने शिशुसहित ६ जनाको मृत्यु भएको छ । सारङघाटबाट धरमपानी बाक्से आउँदै गरेको ग१ज ६५५५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिव एक सय मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । 

बन्दिपुर-६ बाक्से हटियामा भएको दुर्घटनामा बन्दिपुर-६ धरमपानी बस्ने ९ महिने शिशु आरुबी थापासहित सोही ठाउँका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षका हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपानेको घटनास्थलमै मृत्यु भएको खड्काले बताएका छन् ।

यस्तै, दुर्घटनामा परी घाइते भएका ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया बीमाया गुरुङको उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए ।

जिपमा १७ जना सवार रहेको बताइएको छ । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको र एक जनाको अवस्था गम्भीर रहेको अध्यक्ष थापाले बताए ।

प्रकाशित : माघ १, २०७८ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?