जिप भीरमा खस्दा तनहुँमा ४ को मृत्यु, ८ जना घाइते

रासस

तनहुँ — तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

जिप भीरमा खस्दा तनहुँमा ४ को मृत्यु, ८ जना घाइते

जिपमा १२ जना चढेका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उनले बताए । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जिप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।

प्रकाशित : पुस ३०, २०७८ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?