२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सिंहदरबारभित्रै मेडिकल कलेज संचालक शर्मालाई कालोमोसो

सुदीप कैनी

काठमाडौँ — काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेज विराटनगरका संचालक सुनिल शर्मालाई विद्यार्थीको एक समूहले शुक्रबार सिंहदरबारभित्रै कालोमोसो लगाएर दुर्व्यवहार गरेको छ ।

सिंहदरबारभित्रै मेडिकल कलेज संचालक शर्मालाई कालोमोसो

विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका विद्यार्थीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको एक प्रत्यक्षदर्शीले बताए । समाजवादी विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले घटनाको जिम्मा लिएका छन् भने अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्जा सिंहले पनि संयुक्त विद्यार्थी संघर्ष समितिले कालोमोसो दलेको बताएकी छन् । उनको मेडिकल कलेजले चिकित्सा शिक्षाका विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा नेविसंघसहित ७ विद्यार्थी संगठन पीडित विद्यार्थीसँगै आन्दोलनमा छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालयसहित शर्मालाई छलफलमा डाकेका थिए । छलफलले अतिरिक्त शुल्क लिन नपाइने, होस्टल पनि अनिवार्य गर्न नपाइने लगायतका निर्णय गरेको छ । तर शर्माले उक्त निर्णय नमान्ने भन्दै निर्णयमा फरक मत लेखाएका थिए । लगत्तै फर्कदैं गर्दा उनीमाथि कालोमोसो दलिएको हो । विद्यार्थी र शर्मासँग आएका युवाहरुबीच सामान्य झपडसमेत भएको थियो ।

प्रकाशित : पुस ३०, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?