राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन फागुनमा

रासस

काठमाडौँ — राष्ट्रिय जनमोर्चाले आगामी फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ । 

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन फागुनमा

यसअघि पार्टीको प्रदेश सम्मेलन आउँदो माघको १५ र १६ गतेका लागि तोकिएको थियो । पछिल्लो समय कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण सातवटै प्रदेश सम्मेलन केही सातापछि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

देशव्यापीरूपमा सङ्गठन सुदृढीकरण अभियान थालेको पार्टीले मातहतका प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र राजनीतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।

जनताको प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानमा जनवर्गीय सङ्गठनलाई निर्देशन गरेको पार्टीले भीड हुने सभा-सम्मेलनलाई समेत स्थगन गरेको छ । राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गर्दै आइरहेको छ ।

प्रकाशित : पुस २९, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?