जलनपीडितको उपचारार्थ वार्षिक ६० लाख

काठमाडौँ — एसिडलगायत जलनबाट पीडितको उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको छ । 

काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा १८ वर्षमुनिका जलनपीडितको निःशुल्क उपचार गर्ने गरी पाल्पा सिमेन्ट प्रालिले ६० लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएको हो ।

‘यो सहयोग मानवीय संवेदनासँग जोडिएको छ, यसले पीडितका नाममा पैसा उठाएर दुरुपयोग हुने जोखिम पनि घटाउँछ,’ सम्झौतामा हस्ताक्षरपछि पीडितका हितमा क्रियाशील उज्वलविक्रम थापाले भने ।


प्रकाशित : पुस २९, २०७८ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?