कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

देशभर एकै दिन आठ जना मृत भेटिए

रासस

काठमाडौँ — काठमाडौंमा दुईसहित देशभर बुधबार आठ जना मृत फेला परेका छन् । काठमाडौंसहित सङ्खुवासभा, नवलपरासी (पश्चिम), ताप्लेजुङ, तेह्रथुम, सिरहा, नवलपरासी (पूर्व) मा यसरी मानिसको मृत्यु भएको हो ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ बस्ने ५० वर्षीय हर्कबहादुर गिरी बुधबार मृत भेटिएका हुन् । सोमबारदेखि गेष्ट हाउसमा बस्दैआएका गिरी आफू बसेकै कोठाभित्र मृत फेला परेका थिए ।

यस्तै काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा पार्किङ गरी राखिएको पुरानो माइक्रोबसभित्र २२ वर्षीय एक पुरुष पनि मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ डडारे बस्ने ४० वर्षीय महेश राई पनि मृत भेटिएका छन् । बिरामी भई डडारेस्थित जगत राईको घरमा सुतेका उनको शव बरण्डामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ ।

यस्तै नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका–५ बस्ने २८ वर्षीय दिनेश थारु घर नजिकैको खेतमा मृत भेटिए भने नवलपरासी (पूर्व), मध्यबिन्दुस्थित नारायणी नदीको भङ्गालोमा अर्का एक पुरुष मृत भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका–५ पेदाङ बस्ने ६७ वर्षीय टीकाराम राई पनि आफ्नै घर नजिकै मृत भेटिएको प्रहरीले जनाएको छ । मिलमा गएका राई बेलुका अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको बताइएको छ।

सिराहामा पनि यस्तै अर्को घटना भएको छ । सिरहाको मिर्चैया नगरपालिका–७ भालुखोलाको किनारमा परिचय खुल्न नसकेकी करिब ४० वर्षीया महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : पुस २८, २०७८ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?