सिंहदरबार प्रवेशमा कडाइ, पुराना पास खारेज

काठमाडौँ — सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोभिड १९ ओमिक्रोन भेरिएन्ट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले बुधबारदेखि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू गरेको हो ।

सिंहदरबार प्रवेशमा कडाइ, पुराना पास खारेज

मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा हस्ताक्षरित सूचनाअनुसार सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगलगायतबाट हालसम्म जारी भएका सबै प्रकारका पास खारेज गर्ने बताइएको छ ।

साथै अब आवश्यकता बमोजिम गृहमन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै पास जारी गर्नेलगायत ६ बुँदे नियम लागू गरिएको छ । पत्रकारलाई भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिने बताइएको छ ।

प्रकाशित : पुस २८, २०७८ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?