कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजरायलका लागि पूर्वराजदूत शाक्यले बुझाइन् मन्त्रालयमा प्रतिवेदन 

काठमाडौँ — इजरायलका लागि पूर्वराजदूत अन्जान शाक्यले आफ्नो कार्यकालको दौरानमा रहेको गृहकार्यको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएकी छिन् । शाक्यले फेब्रुअरी २०१९ देखि अक्टोबर २०२१ सम्म इजरालमा राजदूतका रूपमा काम गरेकी थिइन् । 

इजरायलका लागि पूर्वराजदूत शाक्यले बुझाइन् मन्त्रालयमा प्रतिवेदन 

पूर्वराजदूत शाक्यले आफ्नो कार्यकालमा भएका सम्पूर्ण गतिविधिलाई उल्लेख गरेर परराष्ट्र मन्त्रालयमा प्रतिवेदन बुझाएको बताइन् । मन्त्रालयले हरेक राजदूत फर्किएर आएपछि उसले आफ्नो कार्यकालमा गरेको गतिविधिको बारेमा जानकारीसहितको प्रतिवेदन पेस गर्न भनेको हुन्छ ।

तर सबै राजदूतहरु फर्केर आएपछि मन्त्रालयमा प्रतिवेदन पेस गर्दैनन् । ‘आफूपछि उक्त मुलुकमा जाने राजदूतलाई काम गर्न सहज हुने, नेपाल सरकारलाई पनि सम्बन्धित मुलुकमा काम गर्न सहज हुने र यसले अभिलेखीकरणसमेत हुने हुँदा आफ्नो कार्यकालको प्रतिवेदन बनाएर हस्तान्तरण गरेँ,’ शाक्यले भनिन् । शाक्यले आफ्नो प्रतिवेदन मंगलबार परराष्ट्र सचिव भरतराज पौड्याललाई हस्तान्तरण गरेकी हुन् ।

शाक्यकै कार्यकालमा नेपाल र इजरायलबीचमा कृषिको क्षेत्रमा विकासका लागि ‘एग्रिकल्चर सेन्टर्स अफ एक्सिलेन्स इन नेपाल’ को द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको थियो । साथै, कोरोना भाइरस संक्रमणकै दौरान दुई पक्षबीचमा सूचना–आदान प्रदानको व्यवस्था पनि भएको थियो ।

प्रकाशित : पुस २८, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?