२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नेपालको भौगोलिक इकाइ पृथ्वीनारायणकै अभियानको परिणाम हो : महामन्त्री थापा

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले नेपालको वर्तमान भौगोलिक इकाइ पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानकै परिणाम भएको बताएका छन् । ३०० औँ पृथ्वी जन्मजयन्तीको सन्दर्भमा मंगलबार महामन्त्री थापाले शाहलाई सम्झिँदै वर्तमान संविधानको जगमा अब नेपाल भित्रका सबै नेपालीलाई एकीकृत र संगठित गर्दै जाने प्रण गर्नुपर्ने बताएका छन् ।

नेपालको भौगोलिक इकाइ पृथ्वीनारायणकै अभियानको परिणाम हो : महामन्त्री थापा

‘पृथ्वीनारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिन्छ । तर, जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यका लागि आवश्यक बृहत्तर भौगोलिक इकाइ दिएको कुरा कसैले इन्कार गर्न मिल्दैन,’ उनले भनेका छन्, ‘किनकी सत्य यही हो, आज हामीसँग नेपालको जुन भौगोलिक इकाइ प्राप्त छ, यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै हो ।’

महामन्त्री थापाले नेपाल राष्ट्र निर्माणको पहिलो चरणका निर्माणकर्ता पृथ्वीनारायण नै भएकोमा दोधार हुन नपर्ने बताएका छन् । ‘कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुन्छन्, पहिलो चरण भौगोलिक एकीकरण नै हो, भौगोलिक एकीकरण पश्चात् प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन्,’ उनले भनेका छन्, ‘यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन् ।’

उनले शाहको त्यो भूमिकालाई स्वीकारे पनि उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति नहुने समेत प्रष्ट्याएका छन् ।

प्रकाशित : पुस २७, २०७८ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?