कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मेडिकल कलेजको बदमासीप्रति सरकार गम्भीर : गृहमन्त्री खाँण

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले मेडिकल कलेजको बदमासीप्रति सरकार गम्भीर रहेको भन्दै त्यस्ता कलेजहरूलाई कारबाही गर्ने बताएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजहरूले बढी शुल्क लिएको विषयमा ध्यानाकर्षण गराउन पुगेका विद्यार्थी संगठनका नेताहरूसँग गृहमन्त्री खाँणले सरकारले नियमविपरीत र अतिरिक्त शुल्क लिने कलेजहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।

मेडिकल कलेजको बदमासीप्रति सरकार गम्भीर : गृहमन्त्री खाँण

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँलगायत विद्यार्थी संगठनहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाँणले शिक्षामन्त्रीलाई समेत सो विषयमा ध्यानाकर्षण गराउन आग्रह गरेका थिए ।

‘यो शिक्षा मन्त्रालयको कार्यक्षेत्रभित्रको विषय हो, त्यसैले त्यसमार्फत आएमा हामीलाई कारवाही प्रक्रिया अघि बढाउन सहज हुन्छ,’ मन्त्री खाँणले भनेको उदृत गर्दै एक विद्यार्थी नेताले भने, ‘तर यो विषयमा सरकार गम्भी छ, दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्छ ।’

उनले सरोकारवाला सरकारी निकायहरूसँग समन्वय गरेर अनुगमन र कारबाहीको प्रक्रिया अघि बढाउने बताए । ‘तपाईंहरूले गराएको ध्यानाकर्षणलाई मैले गम्भीरतापूर्वक लिएको छु । हामी परामर्श लिएर अगाडि बढ्छौं,’ मन्त्रीले खाँणले भनेका थिए ।

विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा नोबेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, मणिपाल मेडिकल कलेज लगायतले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएर ज्यादति गरेको भन्दै ती कलेजहरू अनुगमन र छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित : पुस २७, २०७८ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?