कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मौलिक कला संस्कृतिको जगेर्ना गर्नुपर्छ : मन्त्री रेग्मी

काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नयाँ पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले नेपाली मौलिक कला र संस्कृति संरक्षणमा ध्यान दिनुपर्ने बेला भएको बताइन् । 

मौलिक कला संस्कृतिको जगेर्ना गर्नुपर्छ : मन्त्री रेग्मी

काठमाडौंमा मंगलबार आयोजित हिमालय अन्तर्राष्ट्रिय अवार्ड वितरण कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले नेपालको पहिचानको रुपमा रहेका मौलिक कला र संस्कृति जगेर्नाका लागि कलाकर्मी लगायत सबै नागरिकले जोड दिनुपर्ने बताइन् ।

‘सरकारले आफ्नो संस्कृतिलाई बिशेष महत्व दिने भएकैले विभिन्न चाडपर्वमा सार्वजनिक बिदासमेत दिने गरिएको छ,’ मन्त्री रेग्मीले भनिन्, ‘पछिल्लो पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढी देखिएकोले हाम्रो मौलिकता नै हराएर पो जाने हो कि भन्ने चिन्ताको विषय छ, यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।’

उनले अवार्डबाट सम्मानित विभिन्न व्यक्तिहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै कला संस्कृतिको माध्यमबाट नेपालको पहिचान र कला संस्कृतिलाई उचाईमा पुर्‍याउन आग्रह गरिन् ।

प्रकाशित : पुस २७, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?