काठमाडौं उपत्यकामा एकै दिन थपिए १ हजार २ सय ८६ जना कोरोना संक्रमित- समाचार - कान्तिपुर समाचार

काठमाडौं उपत्यकामा एकै दिन थपिए १ हजार २ सय ८६ जना कोरोना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा एकैदिन १ हजार २ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टा काठमाडौं जिल्लामा ९ सय ८० संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३ हजार ५२१ पुगेको छ । सोमबार काठमाडौंमा संक्रिय संक्रमित २ हजार ६५५ थिए ।

यस्तै, भक्तपुर जिल्लामा ८५ जना संक्रमित थपिएका छन् । सोमबार ६३३ सक्रिय संक्रमित रहेको जिल्लामा यो संख्या बढेर मंगलबार ६९९ पुगेको छ ।


ललितपुरमा २ सय २१ जना संक्रमित थपिएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ९० छ । सोमबार ९ सयजना सक्रिय संक्रमित थिए ।

मंगलबार देशभर २४ सय ४४ जना संक्रमित थपिएका छन् ।

प्रकाशित : पुस २७, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा नेपालमा २ हजार ४४४ कोरोना संक्रमित, ३१३ जना संक्रमणमुक्त  

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४४ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

१० हजार ६४८ पीसीआरबाट १ हजार ९१८ जना संक्रमित भएका हुन् भने ४ हजार ३८५ एन्टिजेन परीक्षण हुँदा ४६३ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३१३ जना रहेको छ । यस्तै सोही अवधिमा १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार संक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।

प्रकाशित : पुस २७, २०७८ १६:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×