कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

संसद् अवरुद्धबारे छलफल गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ

रासस

इलाम — नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन् । इलाममा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

संसद् अवरुद्धबारे छलफल गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ

हालसम्म सरकारले औपचारिक पूरा गर्ने काम मात्र गरेको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताए । संसद् अवरोद्ध गर्नु रहर नभई बाध्यता भएको बताउँदै उनले सरकारका लागि संसद् अवरोध हुनु दुर्भाग्य भएको बताएका हुन् ।

एमालेको १० औं जिल्ला अधिवेशनबाट विजयी पदाधिकारी तथा जिल्ला सदस्यहरूलाई प्रमाणपत्र वितरणपछि उनले एमसिसी सम्झौतासमेत हाल सरकारमा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी)ले नै गरेको बताए ।

प्रकाशित : पुस २६, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?