नागरिकता पाउनुपर्ने माग गर्दै धर्ना

काठमाडौँ — सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ । नागरिक संघर्ष समितिको अगुवाइमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसाग माग गर्दै धर्ना दिइएको हो ।

नागरिकता पाउनुपर्ने माग गर्दै धर्ना

धर्नाका बसेकाहरुले नागरिकताबाट आफूहरुलाई वञ्चित गरिएको विरोधमा धर्नामा बस्नु परेको बताए । उनीहरुले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति जनाए । राष्ट्रको पहिचानको रुपमा रहेको नागरिकता समेत नदिएर सरकारले नागरिकमाथि अमानवीय व्यवहार देखाएको उनीहरुको गम्भिर आरोप छ ।

धर्नामा सहभागी भएकाहरुले ‘हामी नेपाली बाबु–आमामा सन्तान, कहिलेसम्म अनागरिक बन्नु पर्ने सरकार’, ‘संविधान अनुसार नागरिकको व्यवस्था गर’ भन्ने जस्ता प्लेकार्ड प्रर्दशन गरेका थिए ।

नेपालमा नेपाली नागरिकका छोराछोरीले समेत नागरिकता पाउन नसकेको, कतिपय अवस्थामा गैरनागरिकहरुले समेत नागरिकता पाएको तथ्य बाहिर आउने गरेको तर त्यसको सुनुवाई सरकारले नगरेको धर्नामा बसेकाहरुको गुनासो छ ।

प्रकाशित : पुस २६, २०७८ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?