कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी

माधव ढुंगाना

भैरहवा — नेकपा (एमाले)को नवौं जिल्ला अधिवेशनबाट रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्विरोध निर्वाचित भएका छन् ।

एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी

निवर्तमान उपाध्यक्ष पुरुषोत्तम घिमिरेले अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि केसीलाई निर्विरोध हुन बाटो खुलेको थियो । अध्यक्षमा सहमति जुटेपछि एमाले रुपन्देहीका सबै पदमा निर्विरोध कार्यसमिति चयन भएको छ ।

उपाध्यक्षमा जागेश्वरदेवी चौधरी निर्विरोध भएकी छन् । उनी यसअघि पार्टीको जिल्ला सचिव भएर काम गरेकी थिइन् । सचिव पदमा यज्ञ गैरे निर्वाचित भएका छन् । सचिवमा खेम लुइटेलको उम्मेदवारी फिर्ता लिए । गैरे यसअघि जिल्ला सदस्य थिए ।

उपसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थी निर्विरोध चयन भएका छन् । कार्की सैनामैना नगरपालिकाका मेयर हुन् । पन्थी यसअघि जिल्ला सचिवालय सदस्य थिए ।

निर्वाचन समितिका अनुसार, सदस्य पदमा पनि सर्वसम्मत भएको छ । निर्वाचित अध्यक्ष केसीले २०४२ सालदेखि अनेरास्ववियूबाट विद्यार्थी राजनीति सुरु गरेका हुन् । केसीले दुई दशक एमाले जिल्ला कमिटीमा काम गरिसकेका छन् ।

प्रकाशित : पुस २५, २०७८ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?