१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

एमाले मकवानपुरको अध्यक्षमा एकालाल

हेटौंडा — नेकपा (एमाले) मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबारदेखि सुरु भएको एमाले जिल्ला कमिटीको ११औं जिल्ला अधिवेशनबाट अध्यक्षमा श्रेष्ठसहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो । 

एमाले मकवानपुरको अध्यक्षमा एकालाल

अधिवेशनबाट जिल्ला उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नविन सिग्देल, उपसचिवमा हिदम लामा र सिता विष्ट सर्वसम्मत रुपमा चयन भएका हुन् ।

आइतबार बिहान हेटौंडा-५ स्थित पार्टी कार्यालयबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको अध्यक्षमण्डलका अध्यक्ष रामेश्वर रानाले जानकारी दिए ।

शुक्रबार उद्घाटन गरिएको एमाले मकवानपुरको ११औं अधिवेशनअन्तर्गत शनिबार बिहान हेटौंडा-४ स्थित एक होटलमा निर्वाचनको प्रक्रिया सञ्चालन गर्ने तयारी गरिएको थियो ।

सहमतिका लागि भन्दै लामो समय निर्वाचन प्रक्रिया नै अवरुद्ध गर्दै आइतबार बिहानसम्मका लागि भन्दै निर्वाचनको प्रक्रियासमेत स्थगित गरिएको जानकारी गरिएको थियो ।

प्रकाशित : पुस २५, २०७८ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?