१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

एमाले दाङको अध्यक्षमा बस्नेत

दुर्गालाल केसी

दाङ — नेकपा (एमाले)  दाङको १३औँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा हुकुम बस्नेत सर्वसम्मत चयन भएका छन् ।

एमाले दाङको अध्यक्षमा बस्नेत

शनिबार बिहान सम्पन्न जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १ सय २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

जसको उपाध्यक्षमा राममणी पाण्डे, सचिव मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरादेवी पुन चयन भएको निर्वाचन अधिकृत दामोदर बस्नेतले जानकारी दिएका छन् ।

शुक्रबार पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एक साथ ६१ जिल्लाको अधिवेशन उद्घाटन गरेका थिए भने हाललाई १६ जिल्लामा आन्तरिक कारण र मौसममा देखिएको प्रतिकूलताका कारण अधिवेशन स्थगित भएको छ ।

प्रकाशित : पुस २४, २०७८ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?