तनहुँको मानहुँकोटसमेत ५० वर्षलाई दिन बतास समूहको प्रस्ताव

सम्झना रसाइली

तनहुँ — तनहुँको सेल्फीडाँडाका रूपमा चर्चित मानहुँकोट ५० वर्षका लागि ‘लिज’ मा लिन बतास समूहले व्यास हिल्स प्रालि खडा गरेको छ । यो कम्पनीसँग सम्झौता गर्न व्यास नगरपालिकाले अध्ययन प्रक्रिया अगाडि बढाएको छ । 

तनहुँको मानहुँकोटसमेत ५० वर्षलाई दिन बतास समूहको प्रस्ताव

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बतासको कम्पनीले यो क्षेत्रमा होटल तथा रेस्टुरेन्ट चलाउने बताए । ‘मानहुँकोटमा रेस्टुरेन्ट र होटलसहितका पूर्वाधार बनाउन व्यास हिल्स प्रालिले ५० वर्षका लागि जग्गा भाडामा दिन प्रस्ताव पेस गरेको छ,’ उनले भने, ‘यो विषयमा गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरी कम्पनीलाई आफ्नो प्रस्ताव थप स्पष्ट पार्न भनिएको छ ।’

बतासको कम्पनीले पाटनबाट मानहुँकोटसम्म केबलकार, जिपलाइन, ग्लास (सिसाको) पुल, होटल, रिसोर्टलगायत पूर्वाधार बनाउने तयारी गरेको छ । कम्पनीले मानहुँकोटमा ४ अर्ब रुपैयाँको लगानी गर्ने गरी प्रस्ताव पेस गरेको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए ।

कम्पनीले यो परियोजनाका लागि केही जग्गा खरिद गर्ने र केही जग्गा लिजमा दिन पनि नगरपालिकासँग प्रस्ताव गरेको छ । कम्पनीले ४० रोपनी लिजका लागि माग गरेको नगरपालिकाले जनाएको छ । मानहुँकोटमा केही निजी र केही सार्वजनिक जग्गा छ ।

सम्बन्धित समाचार

प्रकाशित : पुस २३, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?