कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राष्ट्रिय सभा उम्मेदवारका लागि खर्च सीमा ३ लाख ५० हजार रुपैयाँ

काठमाडौँ — निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारका लागि खर्चको सीमा तोकेको छ । आयोगले राष्ट्रिय सभा निर्वाचन नियमावली-२०७६ अनुसार सदस्यका लागि उम्मेदवारले विभिन्न शीर्षकमा ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ ।

राष्ट्रिय सभा उम्मेदवारका लागि खर्च सीमा ३ लाख ५० हजार रुपैयाँ

विभिन्न १० शीर्षकमा गरी ३ लाख ५० हजार रुपैयाँ खर्चको सीमा तोकिएको हो । उम्मेदवारका लागि सवारी साधन/घोडा शीर्षकमा ७० हजार रुपैयाँ खर्च गर्न पाउने तोकिएको छ । त्यस्तै गोष्ठी/अन्तरक्रिया शीर्षकमा १ लाख र कार्यालय सञ्चालनमा ७० हजार रुपैयाँ खर्च तोकिएको छ ।

राष्ट्रिय सभामा रिक्त हुने १९ पदमा चुनिन ४३ जनाले उम्मेदवारी दिएका छन् । महिला ७, दलित ३, अपांगता भएका एवं अल्पसंख्यक दुई र अन्य समूहका सात सिटका लागि माघ १२ मा हुने चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो ।

२०७४ मा भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी भएर ४ वर्षे कार्यकाल पूरा गर्न लागेकाहरूका स्थानमा चुनाव हुन लागेको हो । निर्वाचन आयोगले जुन प्रदेशको सदस्य रिक्त भएको हो, त्यहीं उम्मेदवारी दिने व्यवस्था गरेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : पुस २१, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?