कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी मृत्यु प्रकरण

सरकारसँग सहमति, अनशन तोडिँदै

जनकराज सापकोटा

काठमाडौँ — नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनामा ४१ दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत पक्षले सरकारसँग सहमतिमा पुगेको बताएको छ । 

सरकारसँग सहमति, अनशन तोडिँदै

कान्तिपुरसँग कुरा गर्दै आन्दोलनको नेतृत्व गरिरहेकी रुवी खानले आफूहरु सरकारसँग सहमति पुगेको र मंगलबार बिहानदेखि सुरु गरेको अनशन तोड्ने बताइन् ।

उनले भनिन्-'एकै छिनमा माइतीघर मण्डलामा सरकारी टोली आउँदैछ र हामीले सहमति गर्दैछौं ।'

उनले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले घटनाको छानबिनका लागि टोली पठाउने भएपछि सहमति गरिएको बताइन् ।

प्रकाशित : पुस २०, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?