३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राजमोले तुलबहादुर विकलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने

काठमाडौँ — राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा तुलबहादुर विकलाई उम्मेदवार बनाउने भएको छ । जनमोर्चाको संगठन समता समाजका अध्यक्ष रहेका विकलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।

राजमोले तुलबहादुर विकलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने

सत्तारूढ गठबन्धनले जनमोर्चालाई एक सिट दिने निर्णय गरेको थियो । विक लुम्बिनी प्रदेशबाट उम्मेदवार हुनेछन् । हाल राष्ट्रिय सभामा जनमोर्चाको प्रतिनिधित्व छैन ।

सोमबार सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड गरेको थियो । जसअनुसार कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५-५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याइएको छ ।

प्रकाशित : पुस २०, २०७८ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?