कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एमालेले छान्यो राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार

काठमाडौँ — नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले १९ जना उम्मेदवारको नाम टुंगो लगाएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

एमालेले छान्यो राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार

उनका अनुसार प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पा, प्रदेश २ बाट असर्फी भिनवार यादव र विना साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै, वाग्मती प्रदेशबाट गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामी, गण्डकी प्रदेशबाट गोविन्दबहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता, कर्णाली प्रदेशबाट पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मा, सुदूरपश्चिम प्रदेशबाट नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभामा ५९ सदस्यीय छ भने ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । त्यसमध्ये एमालेका ८ जना रहेका छन् । तर, एमालेले रिक्त १९ पदमा नै आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको हो ।

प्रकाशित : पुस १९, २०७८ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?