१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

माओवादी महाधिवेशन सकियो, दाहालद्वारा प्रस्तावित केन्द्रीय सदस्यहरुको सूची पारित

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आठौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको नामावली पारित भएको छ । 

माओवादी महाधिवेशन सकियो, दाहालद्वारा प्रस्तावित केन्द्रीय सदस्यहरुको सूची पारित

निर्वाचन कार्यक्रम पटक-पटक सार्दै दाहालले तयार पारेको प्रस्ताव आइतबार बेलुकी बन्दसत्रबाट पारित भएको हो । केन्द्रीय सदस्यहरुको महाधिवेशन हलबाट पारितसँगै माओवादीको महाधिवेशन सकिएको छ ।

हलमा अध्यक्ष मण्डलको तर्फबाट कृष्णबहादुर महराले बन्दसत्र सकिएको र सबैलाई धन्यवाद दिएका छन् । उनका अनुसार नवनिर्वाचित घोषित केन्द्रीय समितिको सोमबार बैठक बस्ने छ । उक्त बैठकले पदाधिकारी चयनको विषय टुंग्याउने उनले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी २९९ सदस्यीय रहेको छ । हलबाट दाहालले ८० बाँकी अन्य केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका थिए ।

प्रकाशित : पुस १८, २०७८ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?