माओवादी महाधिवेशन

दाहालद्वारा प्रस्तावित केन्द्रीय सदस्यहरुको नाम घोषणा

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल पार्टीको जारी आठौं महाधिवेशनमा केन्द्रीय समिति सदस्यहरुको प्रस्तावित नाम घोषणा गरिरहेका छन् ।

दाहालद्वारा प्रस्तावित केन्द्रीय सदस्यहरुको नाम घोषणा

प्रज्ञा भवनमा जारी बन्दसत्रमा सम्बोधनका क्रममा दाहालले केन्द्रीय सदस्यहरुको प्रस्तावित नामहरु अहिले वाचन गरिरहेका माओवादी केन्द्रले जनाएको छ ।

नाम घोषणा गर्नुअघि दाहालले भने, 'हामीले २९९ को केन्द्रीय समितिमा समानुपातिक १५४ र खुलातर्फ १४५ हुने भयो ।'

सहमतिबाट केन्द्रीय कमिटी चयन गर्ने भन्दै दाहालले निर्वाचन कार्यतालिका पटक-पटक संशोधन गर्न लगाएका थिए ।

प्रकाशित : पुस १८, २०७८ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?