कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सभापति फेरि निष्पक्ष देखिनुभएन : केसी

काठमाडौँ — कांग्रेस नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले महाधिवेशनबाट निर्वाचित भइसकेपछि निष्पक्षरुपमा प्रस्तुत हुने प्रयास नगरेको आरोप लगाएका छन् । नेता केसीले केन्द्रीय सदस्य मनोनयन गर्ने क्रममा देउवाले आफूलाई सहयोग गर्नेहरूलाई मात्रै मनोनयन गरेको भन्दै पार्टीमा साझा सभापतिको रुपमा निष्पक्ष व्यवहार गर्न नसकेको टिप्पणी गरेका छन् ।

सभापति फेरि निष्पक्ष देखिनुभएन : केसी

‘दुई चरणमा केन्द्रीय सदस्य मनोनयन गर्दा पनि जिम्मेवार साथीहरू छुट्नुभएको छ, उहाँले सहयोगी सिवाय कसैलाई मनोनीत गर्नुभएको छैन,’ केसीले इकान्तिपुरसँग भने, ‘अहिले जो मनोनीत भएका छन्, उनीहरूबारे मेरो आपत्ति होइन, तर अहिलेसम्म मनोनीत भइसक्नुपर्ने साथीहरूलाई छुटाउने जो नियत देखिएको छ, यो सन्तुलित भएन ।’

उनले देउवा आफैँ गुटबन्दी गर्न उद्धत देखिएको बताए । ‘पार्टीमा ४० प्रतिशत लिएर आएको पक्षका नेताहरूलाई उहाँले सन्तुलन गर्न सक्नुभएन भने त्यसले समस्या ल्याउँछ,’ उनले भने, ‘पदाधिकारीमै पराजित हुने साथीहरू मनोनीत भइसकेका छन्, तर पदाधिकारीमै पराजित भएका महेश आचार्य, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी जस्ता साथीहरू छुटाइएका छन् । यो सन्तुलित र शोभनीय देखिएन, सभापति निष्पक्ष र सन्तुलित हुने भन्दा पनि आफूलाई सघाउनेकालागि सहज बन्ने बाटोमा अघि बढ्नुभएको छ, यो दुःखद पक्ष हो ।’

देउवाले शनिबार र आइतबार गरी १३ जनलाई मनोनीत गरेका छन् । देउवाले शनिबार रामचन्द्र पौडेल कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशसरण महत, सुजाता कोइराला, नारायण खड्का, उमा रेग्मी र मीन विश्वकर्मालाई मनोनीत गरेका थिए भने आइतबार कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई मनोनीत गरेका छन् ।

प्रकाशित : पुस १८, २०७८ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?