राष्ट्रिय सभा निर्वाचन : कर्णालीबाट एमालेका नौ सिफारिस

रासस

काठमाडौँ — आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीको शुक्रबार सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो । तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने छन् ।

राष्ट्रिय सभा निर्वाचन : कर्णालीबाट एमालेका नौ सिफारिस

कर्णाली प्रदेशमा रिक्त तीन जना राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।

एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार उम्मेदवारका लागि सिफारिस हुनेमा अन्य कलस्टरबाट सुर्खेतका चुडामणि शर्मा, जाजरकोटका गोविन्दविक्रम शाह र कालीकोटका हिरे सुनार छन् ।

महिला कलस्टरबाट जुम्लाकी गंगा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ भोटे लामा तथा अपाङ्गतातर्फ मुगुका रुपबहादुर बुढा, कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीको नाम पठाइएको छ । पार्टी केन्द्रले प्रदेशबाट प्रत्येक कलस्टरमा तीन/तीन जनाको नाम पठाउन निर्देशन दिएको थियो ।

प्रकाशित : पुस १६, २०७८ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?