महान्यायाधिवक्ता सरकारी वकिलबाटै नियुक्ति गर्नुपर्छ : खाती

कुम्भराज राई

ओखलढुंगा — महान्यायाधिवक्ता खम्मबहादुर खातीले सरकारी वकिलहरुबाट सरकारले महान्यायाधिवक्ता नियुक्ति गर्नुपर्ने बताएका छन् । आफू अहिले महान्यायाधिवक्ता भए पनि नेपाल बार एसोसिएसनको महासचिव हुँदादेखि सरकारी वकिलबाटै महान्यायधिवक्ता नियुक्त गर्नुपर्ने धारण राख्दै आएको  बताए ।

महान्यायाधिवक्ता सरकारी वकिलबाटै नियुक्ति गर्नुपर्छ : खाती

‘सरकारी वकिललाई महान्यायाधिवक्ता नियुक्ति गर्दा उसले आफ्नो संस्था र परिवारलाई राम्रोसँग बुझेको हुन्छ ।’ सरकारी वकिल कार्यालय ओखलढुंगाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै खातीले भने, ‘त्यसैले मैले नेपाल बारको महासचिव हुँदादेखि मैले यो कुरा राखेको थिएँ । संयोग आज म आफै यो ठाउँमा आइपुगेको छु ।’

महान्यायाधिवक्ता खातीले देशभरिका सरकारी वकिलहरु मुद्दा संख्याको आधारमा थोरै भएको बताए । एकजना वकिलले एकै दिनमा २० देखि ४० वटासम्म मुद्दा हेर्नुपर्ने भएकोले जनशक्ति थप गर्नुपर्ने बताए । राज्यले सरकारी वकिलका लागि अझै लगानी गर्नुपर्ने अवस्था टड्कारो रुपमा देखेको उनले बताए । समय परिस्थिति र घटनालाई सम्बोधन गर्नेगरि पुराना ऐन कानुनलाई संशोधन गर्नुपर्ने अवस्था खड्किएको महान्यायाधिवक्ता खातीले बताए ।

भूकम्पको कारण जीर्ण भएपछि सरकारी वकिल कार्यालयको नयाँ भवन बनाउन ठेक्का लागेको थियो । लुम्बिनी डाँफे जेभी नामक कम्पनीले सरकारी वकिल कार्यालयसहित, भेटनरी, अनुसन्धान, खानेपानी र भूसंरक्षण गरी पाँचवटा कार्यालयको भवन १८ करोड रुपैयाँ लागतमा सम्पन्न गरेको हो ।

प्रकाशित : पुस १४, २०७८ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?