२४ घण्टामा नेपालमा थपिए २१३ कोरोना संक्रमित, २८३ जना संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १८० परीक्षणमा २१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ । 

२४ घण्टामा नेपालमा थपिए २१३ कोरोना संक्रमित, २८३ जना संक्रमणमुक्त

यस्तै २ हजार ४९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ९ हजार ६७७ परीक्षणबाट २१९ जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षणमा हालसम्म ८ लाख २७ हजार २७१ जना संक्रमित भएका छन् । २४ घण्टामा २८३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १० हजार ७८० पुगेको छ ।

२४ घण्टाको अवधिमा कोभिडबाट २ जनाको ज्यान गएको छ । कोरोनाबाट हालसम्म ११ हजार ५८५ पुगेको छ । सक्रिय संक्रमित संख्या ४ हजार ९०६ जना छन् । २४ घण्टामा ७६ हजार ३३० जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : पुस ११, २०७८ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?