२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

८ हजार ६० पीसीआर परीक्षणमा २३७ मा कोरोना संक्रमण पुष्टि, ३४९ जना संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ६० पीसीआर परीक्षण गर्दा २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा २३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।    

८ हजार ६० पीसीआर परीक्षणमा २३७ मा कोरोना संक्रमण पुष्टि, ३४९ जना संक्रमणमुक्त

यस्तै ३ हजार ८३८ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ८९८ परीक्षणबाट २६० जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षणमा हालसम्म ८ लाख २६ हजार ९०१ जना संक्रमित भएका छन् ।

२४ घण्टामा ३४९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १० हजार २७१ जना डिस्चार्ज भएका छन् ।

२४ घण्टाको अवधिमा कोभिडबाट १ जनाको ज्यान गएको छ । कोरोनाबाट हालसम्म ११ हजार ५८२ पुगेको छ । सक्रिय संक्रमित संख्या ५ हजार ४८ जना छन् । २४ घण्टामा ३ लाख २९ हजार ३७१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : पुस ९, २०७८ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?