१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध जारी

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्नेलगायतका नाराहरु लगाउँदै बुधबार पनि प्रतिनिसभा बैठक अवरुद्ध पारेको छ । 

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध जारी

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्काबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएको हो । सभामुख सापकोटाले सभालाई सुरु गराएर आफ्ना असहमति राख्न पटक-पटक आग्रह गरे पनि एमाले सांसदहरुले त्यसको बेवास्ता गर्दै 'पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद' भन्ने नारा लगाएका थिए ।

एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफै पार्टी फुटाउने षडयन्त्रमा लागेका भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

प्रकाशित : पुस ७, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?