२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपालमा २४ घण्टामा २५२ मा कोरोना पुष्टि, २३२ निको, ३ जनाको मृत्यु

काठमाडौँ — नेपालमा २४ घण्टामा २५२ जना कोरोना संक्रमित भएका छन् । १२ हजार ४७३ जनामा पीसीआर परीक्षण गर्दा २५२ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । यस्तै ४ हजार ६१६ जनामा एन्टीजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको छ ।

नेपालमा २४ घण्टामा २५२ मा कोरोना पुष्टि, २३२ निको, ३ जनाको मृत्यु

पीसीआर र एन्टिजेन विधिद्वारा गरिएको १७ हजार ०८९ परीक्षणमा २९० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २६ हजार २०६ पुगेको छ ।

२४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ ।

२४ घण्टाको अवधिमा २ लाख ४७ हजार ८१४ जनाले खोप लगाएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २४२ रहेको छ ।

प्रकाशित : पुस ६, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?