मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा विनोद चौधरीसहित ५ जना निर्वाचित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा विनोद चौधरीसहित ५ जना निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा मधेसी कोटाबाट व्यवसायी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् । चौधरीले २२०६ मतसहित सर्वाधिक दोस्रो मत प्राप्त गरेका छन् ।

निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

यस्तै, प्रारम्भिक गणना अनुसार अजय चौरसिया (२५२२), चन्द्रमोहन यादव(२१३८), महेन्द्रकुमार राय (१९८४) र दिनेशकुमार यादव(१९५९) विजयी भएका छन् ।

प्रकाशित : पुस ६, २०७८ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्

विवेकशील साझाका संयोजक पाण्डे पार्टीबाट निष्कासित

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरेका छन् । मिश्रले पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरित गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति पुर्‍याउने काम लगातार गरेको आरोप लगाएका छन् ।

'विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईंले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मंसिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार तपाईंसँग पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टिकरण (च. सं. ५०१) माग गरिएको विदितै छ, ' पाण्डेमाथि गरिएको कारबाहीमा भनिएको छ, 'पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईंको स्पष्टिकरणमा तपाईंसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ।'

गत साउनमा मिश्रले संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्नेसहितको धारणा सार्वजनिक गरेपछि साझा पार्टीभित्र विवाद रहँदै आएको थियो ।

मिश्रले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिने बताएका छन् ।

प्रकाशित : पुस ६, २०७८ १४:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×