२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

प्रतिनिधिसभामा एमालेको अवरोधका बीच दुई अध्यादेश स्वीकृत

काठमाडौँ — प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बीच दुई अध्यादेश स्वीकृत भएको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो ।

प्रतिनिधिसभामा एमालेको अवरोधका बीच दुई अध्यादेश स्वीकृत

'यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८' र 'फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८' स्वीकृत भएको हो ।

बैठकमा दुवै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर सो प्रस्ताव बहुमत अस्विकार भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरुले विरोध गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्नेछ ।

प्रकाशित : पुस ६, २०७८ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?