२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सालकसहित एक पक्राउ

काठमाडौँ — ज्यूँदो सालकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा कालिञ्चोक गाउँपालिका–६ घर भई काठमाडौं महानगर–३२ मरुछासपाखा बस्ने २६ वर्षीय उद्धव थामी छन् ।

सालकसहित एक पक्राउ

काठमाडौं मरुछासपाखा क्षेत्रमा प्रतिबन्धित दुर्लभ ज्युँदो सालक अवैध रुपमा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाको आधारमा बिहीबार महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले सालकसहित थामीलाई पक्राउ गरेको हो ।

थामीले ३ केजी तौल भएको सालक १ करोड १० लाख रुपैयाँमा बिक्रीका लागि ल्याएको खुलेको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

उक्त सालकसहित थामीलाई शुक्रबार जिल्ला वन कार्यालय हात्तिसार पठाइएको छ । दुर्लभ वन्यजन्तुको रुपमा रहेको सालकको आखेटोपहार चोरी तस्करीको क्रम बढ्दो छ । सालक संरक्षणका अभियान गरिँदैआए पनि तस्करीका घटना दोहोरिने गरेका छन् ।

प्रकाशित : पुस २, २०७८ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?