२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

२४ घण्टामा थपिए १६० कोरोना संक्रमित, २६७ निको, २ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १६० जना कोरोना संक्रमित भएका छन् । ७ हजार २३० जनामा पीसीआर परीक्षण गर्दा १६० जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यस्तै ३ हजार ७८८ जनामा एन्टीजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको छ ।

२४ घण्टामा थपिए १६० कोरोना संक्रमित, २६७ निको, २ जनाको मृत्यु

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार १७६ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा हालसम्म ९ लाख ५ हजार ८९७ पुगेको छ ।

२४ घण्टामा २६७ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७.९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

बिहीबार २ जना मृतक थपिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ रहेको छ । २४ घण्टामा २ लाख ४० हजार ५६४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित : पुस १, २०७८ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?